E-Bulletin


Our Publications




News & Updates यो सामाग्री नेपालीमा हेर्नुहोस् 

राष्ट्रिय दलित आयोग, दलित विकास समिति, वादी विकास समिति र दलित गैर सरकारी संस्था महासंघबीच दलित सवालमा समन्वयात्मक बैठक सम्पन्नBack to News List


 
काठमाडौं । दलित गैर सरकारी संस्था महासंघमा मिति २०७० भदौ ७ गते शुक्रबार राष्ट्रिय दलित आयोग, दलित विकास समिति र वादी विकास समितिको सहभागितामा बैठक सम्पन्न भयो ।  
दलित अधिकारका क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी निकायहरुसंग आगामी दिनमा छुवाछुत तथा जातीय विभेद न्युनिकरणका लागि कसरी अगाडि बढ्ने, सम्बन्धित निकाय र संस्थाहरुबीच आफ्ना गतिविधि र कार्यक्रमबारेमा जानकारी गराउने, छुवाछुत अन्त्यका लागि सहकार्यका सम्भावना पहिल्याउने र बैठक नियमित बनाई जानकारी आदानप्रदान गर्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो ।
महासंघका अध्यक्ष गजाधर सुनारको संयोजकत्वमा सम्पन्न बैठकमा महासंघका कार्यकारी निर्देशक सुमन पौडेलले महासंघको प्राथमिक विषयगत सवालहरु, महासंघबाट सम्पन्न भएका र भइरहेका गतिविधिहरु, उपलब्धि र चुनौतीको विषयमा जानकारी गराउनुभयो । 
बैठकमा दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्माले दलित आन्दोलन केन्द्रीकृत नहुनुमा बुझाइको कमजोरी रहेकोले यस किसिमको छलफल कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्को बैठक विकास समितिले राख्ने र विकास समितिमा संघसंस्थासम्बन्धी शाखा गठन गर्ने बताउनुभयो ।
त्यस्तै वादी विकास समितिका उपाध्यक्ष पुष्प वादीले दलित अधिकारका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधिहरुमा समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले एकअर्काबीच समन्वय नहुँदा दलितसम्बन्धी सरकारी नीति तथा कार्यक्रमहरु पनि प्यारालाइज भएको बताउनुभयो ।
त्यसै गरी बैठकमा राष्ट्रिय दलित आयोगका सदस्य रुकु रणपालले सहकार्य र समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै दलितसम्बन्धी कार्यक्रम गर्ने प्रत्येक सरकारी निकायमा दलितसम्बन्धी फोकल व्यक्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उक्त बैठकले आगामी दिनहरुमा पालैपालो नियमित बैठकहरु  राख्ने, दश वर्षे रणनीतिपत्रमा वादी विकास समिति र दलित विकास समितिबाट थप सुझाव संकलन गर्ने र त्यसलाई प्रकाशनमा लैजाने छलफल भयो ।
बैठकमा दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्मा, दलित आयोगका माननीय सदस्य रुकु रणपाल रणपाल, आयोगका अधिकृत धनबहादुर विक, वादी विकास समितिका उपाध्यक्ष पुष्पा वादी, महासंघका उपाध्यक्ष सेवलराम, सचिवदय अमृत विश्वकर्मा र सुशील विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । बैठकमा महासंघका अध्यक्ष सुनारले सहभागीहरुलाई स्वागत गर्दै छुवाछुत तथा जातीय विभेद अन्त्यका लागि तयार भएको दश वर्षे रणनीतिपत्रलाई सबैले अपनत्वको महसुस गरी कार्यान्वयनमा लैजाउनुपर्ने बताउनुभयो ।
 
 

Opportunities

Accomplishment

  • DNF as network organization has presence at 69 districts of Nepal through its member organizations. It has well established offices at central, five development regions, and 10 districts of Nepal. Currently, 344 Dalit NGOs from Hill, Mountain and Terai are affiliated with DNF.
  • DNF has significantly contributed to establish Rights against untouchability caste based and discrimination as fundamental rights of Dalits for the first time in the Interim Constitution of Nepal.
  • DNF along with its national level member organizations were able to introduce separate Dalit chapter in Tenth National Plan of Nepal government (widely known as Poverty Reduction Strategy Paper) for the first time in the country. Thereafter, the government has continuously prioritized Dalit chapter in its following national periodic plans.

view more

Check Email