E-Bulletin


Our Publications




News & Updates यो सामाग्री नेपालीमा हेर्नुहोस् 

मन्दिर र घट्ट प्रयोग गर्न नपाउने भन्दै दलितमाथि कुटपिट, असुरक्षा कारण बसोबास स्थल छोड्न बाध्यBack to News List


काठमाडौं, भदौ १० गते २०७० । यही भदौ १ गते सिन्धुली जिल्ला रत्नावती गाविस( ६ ओखरबोट निवासी नन्दलाल विश्वकर्माले सार्वजनिक पानी घट्ट र मन्दिर आफूले पनि प्रयोग गर्न पाउनुपर्ने माग राख्दा त्यहाँ स्थानीय कथित गैर दलितहरुले कुटपिट गरी गाउँबाट विस्थापित बनाएका छन् । 
पीडितले दिएको घटना विवरण अनुसार निज विश्वकर्माले केही समय अघि क्षेत्री समुदायको बीचमा जित बहादुर कार्कीको जमिन किनी बसोबास गर्दै आएका थिए । उक्त गाउँमा एउटै मात्र मन्दिर र घट्ट रहेकोमा विश्वकर्माले मन्दिरमा आफूले पूजाआजा गर्न पाउनुपर्ने र घट्टमा अन्न पिसाउन पाउनु पर्छ भन्ने माग राख्दा उनीहरुले बैठकमा आउनु भनी यही भदौ १ गते बोलाइ विश्वकर्मालाई जातीय अपमानजनक शब्द प्रयोग गरी कुटपिट गरेका थिए । पीडितका अनुसार त दलित भएर हामीले पूजा गर्ने मन्दिर र हामीले पिसाउने घट्टमा अन्न पिसाउने भन्दै सबै मिलेर कुटपिट गरेपछि असुरक्षाका कारण उनी गाउँ छाडेर काठमाडौमा बस्दै आएका छन् ।
महिला विकासको बैठकमा बोलाई सोही गाउँका कांग्रेस गाउँ कमिटी सभापति गोपाल कार्कीसहित उसका चार दाजुभाई विदुर कार्की, मिनबहादुर कार्की र सन्तोष कार्की मिलेर लखेटी लखेटी कुटेका थिए । भाग्ने क्रममा गोपाल कार्की र निज विश्वकर्मा भिरमा लड्दा दुवैलाई सामान्य चोट लागेको थियो । पुनः त्यही अरु दाजुभाई आई सामुहिक रुपमा विश्वकर्मालाई कुटपिट गरी उल्टै सभापति कार्कीले इलाका प्रहरी कार्यालय सोल्पाठानाबाट पुलिस बोलाई पक्राउ गराएका थिए । अहिले उनले यस जातीय घटनालाई राजनीतिक रुप दिंदै पीडित विश्वकर्मालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब दिदै आएका छन् भने विश्वकर्माका परिवार असुरक्षाका कारण गाउँबाट विस्थापित भई अन्यन्त्र सर्नुपरेको छ ।
पीडितले न्याय दिलाई पाउँ भनी दलित गैरसरकारी संस्था महासंघमा निवेदन दिएको र महासंघले पनि यस घटनामा पीडितलाई जातीय विभेद र छुवाछूत कै कारण सार्वजनिक सेवाका बस्तुहरु प्रयोगबाट बञ्चित गरी सामुहिक कुटपिट, विस्थापन र पीडितको सामाजिक सुरक्षामै गम्भीर चोट पुरयाएकोले पीडितलाई न्याय दिलाउन पहल गरेको छ । जातकै कारण मानवलाई मानवको ब्यवहार नगर्ने यस प्रवृतिलाई रोक्न सम्पूर्ण न्यायप्रेमी जनता, मानव अधिकारवादी, पत्रकार, वुद्धिजीवीहरुमा पीडितलाई न्याय दिलाउन महासंघ हार्दिक अनुरोध गर्दछ ।   
 

Opportunities

Accomplishment

  • DNF as network organization has presence at 69 districts of Nepal through its member organizations. It has well established offices at central, five development regions, and 10 districts of Nepal. Currently, 344 Dalit NGOs from Hill, Mountain and Terai are affiliated with DNF.
  • DNF has significantly contributed to establish Rights against untouchability caste based and discrimination as fundamental rights of Dalits for the first time in the Interim Constitution of Nepal.
  • DNF along with its national level member organizations were able to introduce separate Dalit chapter in Tenth National Plan of Nepal government (widely known as Poverty Reduction Strategy Paper) for the first time in the country. Thereafter, the government has continuously prioritized Dalit chapter in its following national periodic plans.

view more

Check Email