E-Bulletin


Our Publications




News & Updates यो सामाग्री नेपालीमा हेर्नुहोस् 

महासंघ र सदस्य संस्थाबीच नियमित मासिक बैठक सम्पन्नBack to News List


 
काठमाडौं, १३ भदौ २०७० । 
दलित समुदायमाथि बढ्दै गएको जातीय घटना र समसामयिक विषयहरुमा छलफल गर्न दलित गैर सरकारी संस्था महासंघ र यसका सदस्य संस्थाहरुबीच बिहीबार महासंघको कार्यालयमा महासंघ र सदस्य संस्थाबीच नियमित समन्वयात्मक मासिक बैठक बस्यो । 
दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारको अध्यक्षको संयोकत्वमा बसेको बैठकमा सिन्धुली जिल्ला रत्नावती गाविस(६ ओखरबोट निवासी नन्दलाल विश्वकर्माले सार्वजनिक पानी घट्ट र मन्दिर आफूले पनि प्रयोग गर्न पाउनुपर्ने माग राख्दा त्यहाँ स्थानीय कथित गैर दलितहरुले कुटपिट गरी गाउँबाट विस्थापित गरेको घटना, गुल्मीमा अपांग दलित महिलामाथि भएको अमानवीय घटना, बाजुरामा दलित प्रहरी जवानलाई मन्दिर प्रवेशमा रोक लगाउँने बुढीनन्दाको घटनाका विषयमा छलफल भएको थियो । 
बैठकले सिन्धुलीको घटनामा दलित सेवा संघले जिल्लामा नेतृत्व गरी सत्यतथ्य सार्वजनिक गर्ने कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने र तीन वटै घटनाका सम्बन्धमा बैठकमा सहभागीहरुले य भातृ संगठन दलित आयोग, विकास समिति, महासंघ र सदस्य संस्थाको बैठक बसी सबै जिल्लाका सिडिओ कार्यालयमा दबाब दिनुपर्ने सुझाव राखेका थिए ।
त्यसै गरी बैठकमा सहभागी सदस्य संस्थाका पदाधिकारीहरुले यसपालिको मानवअधिकार महाभेलाको नेतृत्व महासंघले पाउनुृ दलित समुदायकै गर्वको विषय भएको महसुस गर्दै यसलाई भव्यताका साथ सम्पन्न गर्न छुट्टै बैठक बसी जिम्मेवारी बाँडफाँड गरी कार्यक्रमलाई अघि बढाउने निर्णयसमेत गरेको छ ।
बैठकमा केन्द्रीय तथ्यांक विभागले दलित समुदायको थरका कारण जातिगत विवरण दिन नसकेकोले राष्ट्रिय दलित आयोग, महासंघ, विकास समिति बसी दलितको थर फाइनल गरी आयोगमार्फत मन्त्रिपरिषद्मा पास गराउनुपर्ने र तथ्यांक विभागबाट दलित समुदायका जातिगत तथ्यांक लिन आवश्यक पहल र दबाब गर्ने र महासघ र दलित संघसंस्थाहरुको काममा दोहोरोपन हटाउन थेमाटिक सवाल अनुसार काम गर्नुपर्ने विषयमा छलफल भएको थियो । साथै महासंघ र सदस्यसंस्था दुवैले आफ्नो संघसंस्थाले गर्दै आएको कार्यक्रमका विषयमा पनि बैठकमा जानकारी गराइएको थियो ।
त्यसै गरी नीतिगत तहमा दलित एजेन्डा उठाउन सामुहिक प्रयास गर्ने, राजनीतिक पार्टीका चुनावी घोषणापत्रमा दलितका एजेन्डाहरु समावेश गराउन उनीहरुसंग छलफल गर्ने, चुनावमा दलित समुदायको समानुपातिक प्रतिनिधि सुनिश्चित गराउन राजनीतिक पार्टीलाई दबाब सिर्जना गर्ने बैठकले निर्णय गरेको छ । 
बैठकमा समता फाउन्डेसनका अध्यक्ष पदम सुन्दास, दलित सेवा संघका अध्यक्ष चक्र विश्वकर्मा, ल्याउनकाउका अध्यक्ष राजेश वागचन, राष्टिय दलित समाज कल्याण संघका प्रतिनिधि रविन्द्र नेपाली, जनउत्थानका अध्यक्ष अमृत विक, दलित मानवअधिकार संघका अध्यक्ष सुशील विकलगायत महासंघका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 

Opportunities

Accomplishment

  • DNF as network organization has presence at 69 districts of Nepal through its member organizations. It has well established offices at central, five development regions, and 10 districts of Nepal. Currently, 344 Dalit NGOs from Hill, Mountain and Terai are affiliated with DNF.
  • DNF has significantly contributed to establish Rights against untouchability caste based and discrimination as fundamental rights of Dalits for the first time in the Interim Constitution of Nepal.
  • DNF along with its national level member organizations were able to introduce separate Dalit chapter in Tenth National Plan of Nepal government (widely known as Poverty Reduction Strategy Paper) for the first time in the country. Thereafter, the government has continuously prioritized Dalit chapter in its following national periodic plans.

view more

Check Email