E-Bulletin


Our Publications




News & Updates यो सामाग्री नेपालीमा हेर्नुहोस् 

दलित नागरिक संघ संगठनहरुका लागि लैगिंक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सम्वन्धी ३ दिने अभिमुखीकरण कार्यशालाBack to News List


काठमाडौ, कार्तिक १३ बुधबार । दलित नागरिक संघ संगठनहरुका लागि लैगिंक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सम्वन्धी ३ दिने अभिमुखीकरण कार्यशाला गोष्ठी दलित गैरसरकारी संस्था महासंघ र नेपाल दलित मानव अधिकार संगठनको संयुक्त आयोजनामा मिति २०७० कात्तिक १० गतेदेखि तिनसम्म बागबजारको होटेल हार्दिकमा सम्पन्न भएको छ । 
तालिमको उदघाटन गर्दै महासंघका सचिव अमृत विश्वकर्मा, कार्यकारी निर्देशक सुमन पौडेल, इएसपीका अमर विकले तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा जनउत्थान प्रतिष्ठान, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित सेवा संघ, पीडिआरसी, राष्टिय दलित नेटवर्क लगायतका विभिन्न संघ संस्थाहरुको सहभागी रहेको थियो । 
हरेक क्षेत्रमा लैगिंक समानचता तथा सामाजिक समावेशीकरणको वकालत भइरहेको अहिलेको सन्दर्भमा, यसको अवधारणाबारे जानकारी गराउने उद्देश्य सहित हाम्रा संघ संस्थाका संगठनात्मक संरचना जेसी अनुकुल भएमात्र महिलाको उपस्थिति उल्लेख्य हुने कुरालाई केन्द्रीत गरी उक्त तालिमको सञ्चालन गरिएको हो । उक्त तालिमको प्रशिक्षक दलित गैरसरकारी संस्था महासंघका सचिव तथा नेपाल दलित मानव अधिकार संगठनका अध्यक्ष सुशिल विके रहनु भएको थियो । ३ दिनसम्म सम्पन्न उक्त तालिमले जेसी सम्वन्धी धेरै जानकारी उपलब्ध गराएको थियो । 
औपचारिक कार्यक्रम सहित समापन भएको उक्त तालिममा महासंघका अध्यक्ष गजाधर सुनारले प्रस्तुत विषयमा सम्पन्न तालिम अहिलेको प्रमुख आवश्यकता भएकोले तालिमको आयोजना गरिएको जानकारी गराउँदै सवै सहभागीहरुले तालिमपश्चात आ–आफ्ना क्षेत्रमा कार्यान्वयन गर्न÷गराउन पहल गर्नुपर्ने विषयमा जोड दिनुभयो । 
यसै गरी महासंघका कार्यकारी निर्देशक सुमन पौडेलले जेसीको महत्व अहिले आएर अझ धेरै बढिरहेको हुँदा हरेक संघ संस्थाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउदै महासंघले आफ्ना सम्पूर्ण कार्यहरु जेसी अनुकुल अगाडि बढाइरहेको जानकारी गराउनुभएको थियो । यस तालिमबाट प्राप्त ज्ञानलाई सहभागीहरुले ब्यवहारमा उर्तान जोड दिनुभएको थियो । यसैगरी समापन समारोहमा उपस्थित अतिथिहरु कमला हेमचुरी, बाबुराम विश्वकर्मा, पद्म सुन्दासले पनि तालिमबाट प्राप्त ज्ञान, सीपलाई आफ्नो वास्तविक जीवनमा उर्तानका लागि सवै सहभागी टिमलाई आग्रह गर्नुभएको थियो । 
 

Opportunities

Accomplishment

  • DNF as network organization has presence at 69 districts of Nepal through its member organizations. It has well established offices at central, five development regions, and 10 districts of Nepal. Currently, 344 Dalit NGOs from Hill, Mountain and Terai are affiliated with DNF.
  • DNF has significantly contributed to establish Rights against untouchability caste based and discrimination as fundamental rights of Dalits for the first time in the Interim Constitution of Nepal.
  • DNF along with its national level member organizations were able to introduce separate Dalit chapter in Tenth National Plan of Nepal government (widely known as Poverty Reduction Strategy Paper) for the first time in the country. Thereafter, the government has continuously prioritized Dalit chapter in its following national periodic plans.

view more

Check Email