E-Bulletin


Our Publications




News & Updates यो सामाग्री नेपालीमा हेर्नुहोस् 

महासंघद्वारा जलपान समारोह आयोजनाBack to News List


 
नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीले दलित समुदायको एजेन्डाप्रति नेकपा एमाले सकारात्मक रहेको बताउनुभयो । 
दलित गैरसरकारी संस्था महासंघले विजया दशमी, शुभदिपावली, छठ पर्व र नेपाल सम्वतको अवसरमा १४ गते बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । दलित गैरसरकारी संस्था महासंघका पदाधिकारीहरुले छुवाछूत तथा जातीय विभेद अन्त्यका लागि राज्यस्तरबाटै योजनाबद्ध एकीकृत अभियान सञ्चालन गर्नुपर्ने, दलितको सन्दर्भमा शासकीय स्वरुप कस्तो हुने र महासंघको भवन निर्माणको विषयमा उहाँसंगको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेकपा एमाले सरकारमा गए पनि नगए पनि दलित गैर सरकारी संस्था महासंघको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
महासंघले आफ्नो स्थापनाकालदेखि नै नेपालीहरुको विशेष पर्वहरु बडादशैं, शुभदिपावली, छठ, नेपालसम्बत र इदको अवसरमा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि दलित मैत्री संविधान निर्माण गरौं, जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न एकीकृत अभियान सञ्चालन गरौं भन्ने नाराका साथ शुभकामना तथा जलपान समारोह आयोजना गर्यो ।
कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, अमृत बोहोरा, पोलिटब्युरो सदस्य मुकुन्द न्यौपाने, ललितपुर ३ नं. क्षेत्रका उम्मेदवारहरु नेकपा एमालेका उम्मेदवार रघुजीपन्त, नेकपा एमाओवादीका उम्मेदवार दिनेश महर्जन, नेपाली कांग्रेसका उम्मेदवार मदन बहादुर अमात्य, मधेशी जनअधिकार फोरमका हरि भण्डारीलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी शुभकामना तथा जलपान समारोहमा जर्मनी राजदूतावासका प्रतिनिधि, अमेरिकन राजदूतावासका पोलिटिकल अफिसर मरजोरी बुकनोर, रसियन राजदूत, हेल्भटास नेपालका सिनियर अफिसर सृजना श्रेष्ठ, नेकपा माओवादीका नेता हुकुम बहादुर सिंह, दलित नागरिक समाजका प्रतिनिधिहरु, दातृ निकायका प्रतिनिधिहरु, सरकारी तथा  गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
जातीय विभेद र छुुवाछूत मुक्तिको लागि वर्षौदेखि पछाडि परिएका दलित समुदायको आत्मसम्मान कायम गराउने र नागरिकता सहजरुपले उपलब्ध गराउने, छुवाछूत र जातीय विभेद अन्त्यका लागि एकिकृत योजनावद्ध अभियान सञ्चालन गर्न हामी प्रतिवद्ध छौ भन्ने  प्रतिबद्धतासहित हस्ताक्षर अभियान सञ्चालन गरिएको उक्त समारोहमा सबै सहभागीहरुले एक्येबद्धता जनाउदै हस्ताक्षर गरेका थिए । महासंघका अध्यक्ष गजाधर सुनारले सबै सहभागीहरुलाई स्वागत गर्दै वर्षौदेखि समाजमा विविध कारणले पछाडि पारिएको दलित समुदायको हक, अधिकार स्थापितका लागि सवै एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 
 

Opportunities

Accomplishment

  • DNF as network organization has presence at 69 districts of Nepal through its member organizations. It has well established offices at central, five development regions, and 10 districts of Nepal. Currently, 344 Dalit NGOs from Hill, Mountain and Terai are affiliated with DNF.
  • DNF has significantly contributed to establish Rights against untouchability caste based and discrimination as fundamental rights of Dalits for the first time in the Interim Constitution of Nepal.
  • DNF along with its national level member organizations were able to introduce separate Dalit chapter in Tenth National Plan of Nepal government (widely known as Poverty Reduction Strategy Paper) for the first time in the country. Thereafter, the government has continuously prioritized Dalit chapter in its following national periodic plans.

view more

Check Email