E-Bulletin


Our Publications




News & Updates यो सामाग्री नेपालीमा हेर्नुहोस् 

छुवाछूत तथा जातीय विभेद अन्त्य सम्वन्धी दश वर्षे रणनीतिक योजना सरकारलाई महासंघद्धारा हस्तान्तरण Back to News List


 
काठमाडौं, (२०७० पुस १६, मंगलबार) । गृहमन्त्री माधव प्रसाद घिमिरेले जातीय छुवाछूत तथा भेदभाव नेपाली समाजको कुरुप र भद्दा प्रथा भएको र यसलाई हटाउन कथित उपल्ला जातिको दिमागमा परिवर्तन आउन जरुरी छ भन्नुभयो । “छुवाछूत र भेदभाव फुटाउ र शासन गरको सिद्धान्तबाट आएको हो, त्यसलाई हामीले पछ्याउदै आयौं, अब हामी सभ्य समाजको परिकल्पना गर्ने हो भने यसलाई तोड्नै पर्छ”–उहाँले भन्नुभयो ।
दलित गैरसरकारी संस्था महासंघद्वारा राजधानीमा मंगलबार आयोजित नेपालमा छुवाछूत तथा जातीय भेदभाव अन्त्यका निम्ति दश वर्षे रणनीतिक योजना (राष्ट्रिय रणनीतिक कार्ययोजना २०१३–२०२३) लोकार्पण एवम् सरकारलाई हस्तान्तरण कार्यक्रममा गृहमन्त्री घिमिरेले उक्त रणनीतिपत्र हस्तान्तरण गर्दै सरकारबाट हट्नु अगावै औपचारिक रुपमा सरकारले ग्रहण गरिसक्ने बताउनुभयो ।
उहाँले सरकारले गर्नुपर्ने काम महासंघबाट भएकोले यसलाई मार्गदर्शकको रुपमा ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गर्दै रणनीतिक कार्ययोजना तयारीका लागि सहयोग र सहकार्य गर्ने संघ–संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा गृहमन्त्री घिमिरेले सरकारले छुवाछूत र विभेदविरुद्ध बनेका कानुन र कार्यक्रम सफलता पूर्ण गर्न नकेको बताउदै समावेशीकरणमा ल्याएका कानुनलाई पनि समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
दलित गैरसरकारी संस्था महासंघले राष्ट्रिय दलित आयोगको विशेष सहयोग र उपेक्षित, उत्पीडित दलित उत्थान वर्ग विकास समिति, वादी समुदाय उत्थान विकास समिति, दलित गैसस, विभिन्न राजनीतिक, दलित राजनीतिक संगठन र अन्य मानवअधिकारवादी संघ–संस्थाहरुको सहयोग र समन्वयमा दश वर्षे राष्ट्रिय रणनीतिक योजना तयार पारेको हो ।
कार्यक्रममा रणनीतिक योजना तयारी गर्नुहुने डा. शैलेन्द्र सिग्देलले दश वर्षे रणनीतिक योजनाको आवश्यकता र महत्वबारे उल्लेख गर्नुभएको थियो । उहाँले रणनीतिक योजनाले आगामी दश वर्षभित्रमा जातीय विभेद अन्त्यका लागि कस्तो लक्ष्य लिएमा दलितका समस्याको निराकरण गर्न सकिन्छ, त्यसका लागि के कस्ता उपायहरु हुन सक्छन भन्ने आधार तयार पारेको बताउनुभयो । 
महासंघका सचिव अमृत विश्वकर्मादारा सञ्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष गजाधर सुनारले गर्नुभएको थियो भने स्वागत मन्तव्य रामलखन हरिजनले राख्नुभएको थियो । कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोव, इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेल, इएसपीका फणिन्द्र अधिकारी, एनजीओ फेडरेशनका गोपाल लम्साल तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु कलावती पासवान, चन्द्रबहादुर विक, जीतु गौतम, तिलक परियार, केशबहादुर परियार, मानव अधिकारकर्मी चरण प्रसाईले रणनीतिक कार्ययोजनाको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

Opportunities

Accomplishment

  • DNF as network organization has presence at 69 districts of Nepal through its member organizations. It has well established offices at central, five development regions, and 10 districts of Nepal. Currently, 344 Dalit NGOs from Hill, Mountain and Terai are affiliated with DNF.
  • DNF has significantly contributed to establish Rights against untouchability caste based and discrimination as fundamental rights of Dalits for the first time in the Interim Constitution of Nepal.
  • DNF along with its national level member organizations were able to introduce separate Dalit chapter in Tenth National Plan of Nepal government (widely known as Poverty Reduction Strategy Paper) for the first time in the country. Thereafter, the government has continuously prioritized Dalit chapter in its following national periodic plans.

view more

Check Email